पिपुल्स च्वाइस पल्सर स्पोर्टस् अवार्डका विजेताको घोषणा आज

काठमाडौं, /  पल्सर स्पोर्टस् अवार्डको १५ औं संस्करणमा आज आयोजना हुँदैछ । २०७४ सालमा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गर्ने थलो पल्सर स्पोट्र्स अवार्ड भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा दिउँसो ३ः०० बजेबाट सुरु हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । पल्सर स्पोर्टस् विभिन्न आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिने बताइएको छ ।

फाइल तस्बिर

लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट र स्पेशल अवार्डको घोषणा कार्यक्रममै गरिनेछ भने वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा पिपुल्स च्वाइस र प्रशिक्षक विधामा ५–५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । मनोनयमा परेका मध्ये ५ विधामा एक एक जना विजेता घोषित हुनेछन् । पिपुल्स च्वाइस विधामा क्रिकेटका फुटबलका किरण चेम्जोङ,सन्दीप लामिछाने, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मान बहादुर श्रेष्ठ छन् । क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्की वर्षका उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा छन् ।

वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ छन् । त्यस्तै, युवा खेलाडीमा क्रिकेटका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल छन् ।

वर्षका उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा छन् । वर्षका उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाा प्राप्त गर्ने मञ्चले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्