प्रतिबन्धमा परेका क्रिकेटर डेभिड वार्नर क्लबमा फर्किए

काठमाडौं, / अस्टे्रलियन क्रिकेटर डेभिड वार्नर बल टेम्पिरिङका कारण एक वर्षको प्रतिबन्ध भोगिरहेका वार्नरले क्लब क्रिकेट खेल्ने भएका छन् ।

फाइल तस्बिर

गएको मार्चमा दक्षिण अफ्रिकासँगको टेस्ट क्रिकेटमा बल टेम्पिरिङ गरेको अभियोगमा क्रिकेट अस्ट्रेलियाले वार्नरसहित स्टेभन स्मिथलाई एक वर्षको र क्यामरुन बेनक्राफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाएको थियो । उनले सिड्नीको रान्डविक पिटरसाम क्बलबाट खेल्ने भएका हुन् ।

अस्ट्रेलियन खेलाडी संघ र अन्य विभिन्न निकायको आग्रहपछि वार्नरलाई क्लब क्रिकेटमा खेल्ने अनुमति मिलेको हो । यसैले अन्तर्राष्ट्रिय र स्टेट क्रिकेटमा प्रतिबन्ध लागे पनि उनले एक वर्ष क्लब क्रिकेट खेल्ने छन् ।


प्रतिक्रिया दिनुहोस्