एकीकृत पार्टीको विधान अनुमोदन,पार्टी विघटन गर्न एमाले र माओवादी छुट्टाछुट्टै बैठकमा

३ जेठ, काठमाडौं / नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो ।

दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी विघटनका लागि दुई पार्टीको छुट्टाछुट्टै केन्दूीय समिति बैठक बसेको छ । एमालेको बैठक बालुवाटारमा र माओवादी बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बसिरहेको छ । दुई पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बसेर बिहीबार नै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी रहेको छ।


प्रतिक्रिया दिनुहोस्