एमाले,माओवादी एकता पछि नयाँ पार्टीमा सचिवालय र स्थायी समितिमा रहने नेताहरु को को हुन त ?

जेठ ३, २०७५ काडमाडौं / नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकतापछि बन्ने नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीको सचिवालय र स्थायी समितिका सदस्यहरूको नाम टुंगो लगाएको छ। स्थायी समितिमा एमालेको तर्फबाट केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेल रहने भएका छन्।
त्यस्तै, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ,रामबहादुर थापा बादल र एकजनाको नाम टुंगो लगाउन बाँकी रहेको जनाइएको छ । ९ सदस्यीय सचिवालय गठन हुने एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिएका छन । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्यहरूको नाम पनि टुंगो लागेको छ। एमालेबाट २५ र माओवादीबाट १८ जना ४३ सदस्यीय स्थायी समिति रहने गरि यसअघि नै सहमति भइसकेको थियो। त्यहि अनुरुप आज दुवै दलबाट स्थायी समितिमा रहने सदस्यहरूको नाम टुंगो लागेको हो।
एमालेबाट नयाँ पार्टी नेकपाको स्थायी समितिमा रहने नेताहरूको नामावली यसप्रकार छ :
१. केपी शर्मा अोली, झापा
२. झलनाथ खनाल, इलाम
३. माधवकुमार नेपाल, रौतहट
४. वामदेव गौतम, बर्दिया
५. सुवासचन्द्र नेम्वाङ, इलाम
६. भीम रावल, अछाम
७. युवराज ज्ञावाली, दाङ
८. अष्टलक्ष्मी शाक्य, काठमाडौ
९. इश्वर पोखरेल, काठमाडौ
१०. विष्णु पौडेल, रुपन्देही
११. घनश्याम भुसाल, रुपन्देही
१२. प्रदिप ज्ञावाली, गुल्मी
१३. भीम अाचार्य, सुनसरी
१४. पृथ्वी सुब्बा गुरुङ, लमजुङ
१५. गोकर्ण विष्ट, गुल्मी
१६. योगेश भट्टराई, ताप्लेजुङ
१७. शङ्कर पोखरेल, दाङ
१८. मुकुन्द नेउपाने, बारा
१९. सुरेन्द्र पाण्डे, चितवन
२०. छवीलाल विश्वकर्मा, रुपन्देही
२१. सत्यनारायण मण्डल, सप्तरी
२२. किरण गुरुङ, तनहुँ
२३. अमृत बोहरा ,सिन्धुपाल्चोक
२४. केशव बडाल ,काभ्रे
२५. सोमनाथ अधिकारी प्यासी
माअोवादी केन्द्रबाट नयाँ पार्टी नेकपामा रहने १८ नेता नामावली यसप्रकार छ :
१. पुष्पकमल दाहाल प्रचण्ड,चितवन
२. नारायणकाजी श्रेष्ठ ,गोरखा
३. रामबहादुर थापा बादल, चितवन
४. टोपबहादुर रायमाझी, अर्घाखाँची
५. अमिक शेरचन, चितवन
६. जनार्दन शर्मा, पश्चिम रुकुम
७. वर्षमान पुन, रोल्पा
८. देवप्रसाद गुरुङ, लमजुङ
९. पम्फा भुसाल, ललितपुर
१०. गिरीराजमणि पोखरेल, महोत्तरी
११. मातृकाप्रसाद यादव, धनुषा
१२. अग्नि सापकोटा, सिन्धुपाल्चोक
१३. अोनसरी घर्ती, रोल्पा
१४. लेखराज भट्ट, कैलाली
१५. शक्ति बस्नेत, जाजरकोट
१६. हरिबोल गजुरेल, सिन्धुली,
१७. लिलामणी पोखरेल, काठमाडौं
१८. राम कार्की ,झापा

प्रतिक्रिया दिनुहोस्