पछाडि फर्किने पुल भत्काइयो,अब नयाँ युगको सुरुवात भयो, : प्रचण्ड

काठमाडौं / नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले  अब देशमा नयाँ सुगको सुरुवात भएको बताएका छन् । उनले आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई समृद्ध बनाउने रहेको भन्दै  भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समृद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने भएको पनि बताएका छन।  
बिहिबार साँझ राजधानीको राष्ट्रियसभा गृहमा आयोजित पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले अस्थिरता र अराजकताको युग समाप्त भई   आर्थिक समृद्धिको नयाँ युग सुरुवात भएको पनि बताएको हो। पार्टी एकता हुँदै गर्दा कसरी एकतालाई अभिव्यक्त गर्ने भन्नेमा शब्दको दुख भइरहेको बताउँदै प्रचण्डले विश्वलाई नै  स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको बताएका छन । उनले जनभावनाअनुसार  एमाले र माओवादी एकजुट भएको पनि बताएका छन।  जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको  स्मरण गर्दै उनकै स्मृति दिवसका दिन एकता घोषणा गरिएको पनि उनको भनाई थियो ।
विगतमा कपिपयले पार्टी एकताको विषयमा बिभिन्न आशंका  व्यक्त गरेको स्मरण गर्दै  प्रचण्डले ती आशंकालाई अहिलेको अवस्थासम्म आइपुगेको पनि प्रचण्डले बताएका छन । प्रचण्डले एकताका लागि पछाडि फर्किने पुल भत्काएर आएको पनि सो क्रममा बताए । उनले एकतामा साथ दिने   आम कार्यकर्तालाई बधाई दिँदै आफूहरुको संकल्प पूरा भएको पनि बताएका छन ।


प्रतिक्रिया दिनुहोस्