नेपालको दुई ठुला कम्युनिष्ट पार्टी एमाले–माओवादी एकता घोषणा सभामा जे देखियो ( फोटोफिचर )

काठमाडौं / नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ ।भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरेका हुन् । कम्युनिष्ट पार्टीमा हाइकमाण्ड, स्थायी समिति र केन्द्रीय समितिसमेत गठन गरिसकेको छ । स्थायी समितिमा ४५ जना सदस्य र हाइकमाण्ड समितिमा ९ जना रहेका छन् । सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो भने कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाएका थिए ।

 

 

फाटो पत्रकार : लोकेश लिबाङ लिम्बु

 

 

 

 


प्रतिक्रिया दिनुहोस्