एसियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी

काठमाडौं / एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिष्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ । एकतासँगै स्थापित नेपाल कम्युनिष्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिष्ट दल बनेको छ । एसियामा चीन भियतनामपछि नेपाल कम्युनिष्ट पार्टी तेस्रो दल बनेको छ ।

यी तिनै देशमा कम्युनिष्ट पार्टी सत्तामा छ । चीन र भियतनाममा सशस्त्र विद्रंोहबाट सत्तामा पुगेका कम्युनिष्ट पार्टीले एक दलीय शासन गर्दै आएका छन् । नेपालमा भने लोकतान्त्रिक प्रतिस्पर्धाबाट कम्युनिष्ट सत्तामा पुगेका हुन् ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापेको छ ।


प्रतिक्रिया दिनुहोस्