पूरानो पर्यटकीय स्थलको प्रवद्र्धन र नयाँ गन्तव्यको खोजी

चितवन / चितवनको एक मात्र गाउँपालिका इच्छाकामन गाउँपालिकामा पूरानो पर्यटकीय स्थलको प्रवद्र्धनका लागिे अवलोकन र नयाँ गन्तव्यको खोजी सुरु भएको छ ।उद्योग वाणिज्य संघ– पर्यटन प्रवद्र्धन समिति चितवनको आयोजना तथा इच्छाकामना गाउँपालिका , पर्यटन विकास समिति चितवन र होटल व्यावसायीसंघको संलग्नतामा इच्छाकामनामा रहेका पर्यटकीय स्थलको प्रवद्र्धनका लागि अवलोकन र नयाँ पर्यटकीय स्थलको खोजी गर्दै फोटोग्राफी सहित अभिलेख राख्ने उदेश्यले कार्यक्रम सुरु गरिएको हो ।
सो अवसरमा आज गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यमा अन्र्तकृया कार्यक्रम समेत आयोजना गरिएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष गीता कुमारी गुरुङले इच्छाकामना गाउँपालिकाको विकासका लागि पर्यटन पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
अध्यक्ष गुरुङले इच्छाकामनामा रहेका पर्यटकीय स्थलहरुलाई प्रवद्र्धनका लागि गाउँपालिकाले विशेष योजना बनाएर अघि बढ्ने बताउनुभयो ।
हप्ता दिन अघि मात्र चितवनको पुरानो सदरमुकाम एतिहासिक उपर्दाङ्गढीमा पुरात्वातिक विभागको प्रतिनिधिहरुको उपस्थितिमा अवलोकन गरिएको र गढीमा ६० बर्ष अघि भएका भएका पुराना बस्तुहरु कहाँ–कहाँ पुगेको छ, खोजी गरि प्रवद्र्धन गर्ने बताउनुभयो ।

इच्छाकामना मन्दिर, लामो झरना, सिराइचुली लगायतका धार्मिक तथा पर्यकीय स्थलहरुको प्रवद्र्धनका लागि गाउँपालिकाले कामहरुअघि बढाएको जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ– पर्यटन प्रवद्र्धन समिति चितनवनका संयोजक अशोक अधिकारीले चितवनको इच्छाकामन गाउँपालिकामा पर्यटकीय स्थलको प्रवद्र्धनका लागि पर्यटकीय स्थलको अवलोकन र नयाँ गन्तव्यको खोजी कार्य सुरु गरिएको बताउनुभयो ।
पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनालीले इच्छाकामना गाउँपालिकाको स्वरुपलाई नविगारीकन पर्यटन प्रवद्र्धनलाई जोड दिनु पर्ने बताउनुभयो । गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि पर्यटन विकास समितिले विगतको सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिवद्धता व्याक्त गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका कार्य समिति सदस्य चन्द्रमणी सापकोटा, उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुवाजु, उपाध्यक्ष कुमार श्रेष्ठ, लगायत व्यावसायी, संचारकर्मी लगायतको सहभागीतामा रहेको थियो । कार्यक्रममका सहभागीहरुले पर्यटकीय स्थल भन्नसाथ सौराहा मात्र भनेर चिनिने भएकोले इच्छाकामना गाउँपालिका लगायत अन्य ठाउँमा रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार र प्रवद्र्धनमा जोड दिनु पर्ने बताएका थिए ।
सौराहा,मनकामना आउने पर्यटहरुलाई इच्छाकामनाको उपर्दाङगढी सिराइचुली लामो झरना, इच्छाकामना मन्दिर लगायत पर्यटकीय स्थलमा ल्याउने वातावरण सिर्जना गर्नु आवस्यक रहेको सरोकारवालाहरुको भनाइछ ।


प्रतिक्रिया दिनुहोस्