इबोलाका ४५ संक्रमित भेटिए, एकको मृत्यु

किन्सासा, कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ४५ जनालाई इबोलाको संक्रमण देखिएको छ।

सो संक्रमणको आङ्कका गरिएका ४५ मध्ये १० जनाको मात्र परीक्षण हुन बाँकी रहेको र अरुमा पुष्टि भएको बताइएको छ। कङ्गोको स्वाथ्य मन्त्रालयले बिहीबार अबेर राति प्रकाशित विज्ञप्तिमा सो कुराको जानकारी दिएको छ। देशको उत्तरपश्चिमी प्रान्त बिकोरोमा इबोलाको संक्रमणको कारण एक व्यक्तिको मृत्यु भएको र अन्य एघार जनामा संक्रमण भएको केही दिन अघि नै खुलेको थियो।

इक्वेटेउर प्रान्तको बिकोरोे सहरमा सो संक्रमण देखिएको हो। सअघि यसै महिनाको सुरुमा पनि एक ग्रामीण वस्तीमा इबोला संक्रमणका विरामी देखिएका थिए। कङ्गोमा महिना दिन अघिको यस संक्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए।

कङ्गोमा पुनः देखिएको इबोला संक्रमणप्रति विश्व स्वास्थ्य संगठनले गहिरो चिन्ता व्यक्त गरेको छ। कङ्गोमा यस प्रकारको इबोला संक्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको छ। यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सबैसँग सहयोगको याचना पनि गरेको छ। सन् २०१४ देखि २०१६ सम्म पश्चिमी अफ्रिकी देशहरुमा देखिएको इबोलाको भीषण महामारीले ११ हजार भन्दा बढी नागरिकको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्