अत्यधिक बर्षाका कारण चीनमा आठको मृत्यु, युगाण्डामा डेढ लाख विस्थापित

 

चीन र युगाण्डा / अत्याधिक बर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्वी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन्। चीनको दिङसी र लोङगान सहरमा गत बुधबार आएको बर्षाका कारण मृत्यु हुनेहरुको संख्या आठ पुगेको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

सो बर्षाले तीन हजार ६९० हेक्टर क्षेत्रफलमा रहेको बालीनाली समेत नष्ट पारेको समाचारमा जनाइएको छ। त्यसैगरी युगाण्डामा भइरहेको अत्यधिक बर्षाका कारण डेढ लाख व्यक्ति घरबार बिहीन भएको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन्। घरबारविहीन भएकाहरूलाई सुरक्षित ठाउँमा रहेका विद्यालय र चर्चहरुमा राखिएको छ भने उनीहरू अझै त्रसित अवस्थामा रहेका छन्।

धेरै जना घरबार बिहीन भएको माउन्टेन इल्गोन क्षेत्रमा हरेक बर्ष यस्ता बाढी पहिरोका घटनाहरू हुने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्