सन्दीपको उत्कृष्ट प्रदर्शन, दिल्ली विजयी

काठमाडौं, / भिभो आइपिएल २०१८ मा चेन्नाई सुपर किङ्सलाई युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेरडेभिल्सले हराएको छ । १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २0 ओभरमा केवल १ सय २८ रन बनाउन सफल रह्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए भने रविन्द्र जडेजाले २७ रन जोडे ।

फाइल तस्बिर

सुरेश रैना १५ रन, महेन्द्र सिंह धोनी १७ रन र शेन वाट्सन १४ रन क्रिजमा धेरै टिक्न सकेनन् । खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ डट बल फालेका थिए । खेलको १२ औं र आफ्नो दोस्रो ओभरमा भारतका दुई निकै अनुभवी ब्याट्सम्यान महेन्द्र सिंह धोनी र सुरेश रैनालाई बलिङ गर्दै उनले ६ रन खर्चे ।

त्यस्तै १६ औं ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गर्दा सन्दीपले ११ रन दिए । ४ ओभरमा सन्दीपले २१ रन दिए । अमित मिश्रा र ट्रेन्ट बोल्टले दिल्लीका लागि २/२ विकेट लिए । खेलको १४ औं तथा आफ्नो तेस्रो ओभरको पहिलो बलमै सन्दीप रैनाको विकेट लिन सफल भए । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २0 ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रनको योग्फल तयार पारेको थियो । दिल्लीका लागि रिसभ पन्तले ३८ रन तथा अन्त्यमा हर्सल पटेल र विजय शंकरले समान ३६ रन बनाएका थिए ।

चेन्नाई १३ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्कोतर्फ अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्लीको अब ८ अंक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्