विश्वकप दाबेदार मानिएको फ्रान्सको  टोली घोषणा

पेरिस फ्रान्स, /  विश्वकप २०१८ को दाबेदार फ्रान्सलाई मानिएको छ । राति आफ्नो अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको छ । अन्तिम २३ मा समावेश नहुने नामहरुमा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियाल र आर्सनलका एलेक्जान्डर लाकाजेट रहेका छन् ।

फाइल तस्बिर

युरोपा लिगको फाइनलमा घाइते भएका डिमिट्रि पायेट पनि टोलीमा छैनन् । प्रशिक्षक डिडियर डेस्क्याम्पले केही ठूला नामलाई टोलीमा समावेश गरेका छैन । बायर्न म्युनिखका किङ्सली कोमान र पिएसजीका एड्रियन राबियोट पनि विश्वकप टोलीमा नाम बनाउन विफल रहे । फ्रान्स समूह ‘जी’मा अष्ट्रेलिया, पेरु र डेन्मार्कसँग रहेको छ ।

फ्रान्सको विश्वकप टोली-

गोलकिपर- ह्युगो लोरिस, स्टेभ मान्डाना, एल्फोन्से एरिओला

डिफेन्डर– लुकास हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, बेन्जामिन मेन्डी, बेन्जामिन पाभार्ड, आडिल रामि, जिब्रिल सिडिबे, सामुयल उम्टिटि, राफायल भरान

मिडफिल्डर– एन्गोल कान्टे, ब्लायस माटुइडी, स्टेभेन एन्जोन्जी, पल पोग्बा, कोरेन्टिन टोलिसो

फरवार्ड– उस्माने डेम्बेले, नबिल फेकिर, ओलिभर जिरु, एन्टोइन ग्रिजम्यान, थोमस लेमार, किलियन बाप्पे, फ्लोरियन थभिन रहेको छ


प्रतिक्रिया दिनुहोस्