पार्टी एकता सत्ता र स्वार्थको लागि – बाबुराम

पोखरा,/ नयाँ शक्तिका संयोजक डा. बाबुराम शनिबार बिहान पोखरामा आयोजित भेटघाट कार्यक्रममा भट्टराईले एकता सत्ता र स्वार्थ को लागि एमाले र माओवादीबीच एकता भएको टिप्पणी गरे ।

फाइल तस्बिर

प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा विलय गराएको आरोप लगाएका छन् । भट्टराईले भने जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो । एकीकृत पार्टी सधैंभरि यही साइजमा रहँदैन । प्रचण्डले माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर सत्ताको स्वार्थमा लागेको आरोप भट्टराईले लगाए । एकताले देशको आवश्यकता पूर्ति गर्न नसक्ने भट्टराईले भनेका छन।


प्रतिक्रिया दिनुहोस्