युट्युबमा पैसा कमाउने लोभले भयो एक महिलाको जिन्दगी बर्बाद

 

एजेन्सी / युट्युबले पछिल्लो समय भिडियो अपलोड गर्नेहरुलाई राम्रो पैसा दिन्छ । युट्युबकै कर्माबाट सम्पत्ति जोड्नेहरु नेपालमा पनि छन् । तर, पैसा कमाउने लोभमा केहीले यतिसम्म गर्छन् कि उनीहरु नराम्रोसँग फसेका घटनाहरु पनि भएका छन् । यस्तै घटना कम्बोडियामा पनि भएको छ ।

यहाँकी एक महिला पैसा कमाउने लोभमा दुर्लभ प्रजातिका जीवजन्तु खान थालिन् । एह लुन टिच नामकी ती महिलाको युट्युब च्यानल छ । उनी कैयौं जंगली जनावरलाई मारेर खाएको भिडियो बनाउँछिन् । यी भिडियोलाई आफ्नो युट्युब च्यानलमा पोस्ट गर्छिन् । यस्ता भिडियोले उनको कमाइ राम्रो भएको छ । तर, यी महिलालाई धेरै कमाउने लोभ लागेपछि उनले एक जंगली बिरालो मारेर खाइन् जसका कारण उनी जेल पुगेकी छिन् ।

उनले आफ्ना पतिसँग मिलेर जंगलमा क्याम्प बनाएर कैयौं जंगली जनावर मारेर पोलेर खाइन् । तर तीमध्ये केही निकै दुर्लभ प्रजातिका थिए । उनले अत्यन्तै दुर्लभ र संरक्षित प्रजातिको बिरालो फिशिङ क्याट, किंग कोबरा र हेरोन चरा पनि खाएकी थिइन् । भिडियो भाइरल भएपछि त्यहाँको पर्यावरण मन्त्रालयसम्म खबर पुग्यो । मन्त्रालयका अधिकारीले पनि भिडियो देखेपछि उनीहरुविरुद्ध कारवाहीको प्रक्रिया सुरु भयो ।

मन्त्रालयले उनीहरुविरुद्ध संरक्षित जनावर मारेको अभियोगमा मुद्दा चलायो । प्रहरीले त्यही भिडियोकै आधारमा उनीहरुलाई खोज्दै जाँदा जंगलमा फेला पार्यो । अन्ततः जुन भिडियोले उनीहरुले पैसा कमाएका थिए त्यही भिडियोकै कारण उनीहरु जेल पुगेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्