पूर्वी चितवनको ए वान कटेजमा प्रहरीको छापा, २१ जना पक्राउ

चितवन/ पूर्वी चितवन प्रहरीले एक होटलमा छापा मारी २१ जनालाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको राप्ती चितवनको राप्ती नगरपालिकको भण्डारा स्थित ए वान कटेज भण्डारामा शनिवार साँझ ५ बजे छापा मारी सामाजिक विकृति र अनैतिक कृयाकलापमा संलग्न भएको आशंकामा ५ जना केटी र १६ जना केटालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका २१ जनलाई इलाका प्रहरी कार्यालय खैरहनीमा राखी थप अनुसन्धान भई रहेकोे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रभु प्रसाद ढकालले जानकारी दिए ।
चितवनको प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक सुशील सिंह राठौर आएपछि चितवनमा सामाजिक विकृति र अनैतिक कृयाकलाप गर्नेहरु विरुद्ध नियन्त्रणका लागि प्रहरी कडा रुपमा लागि परेको छ । बुधबारदेखि कार्यभार सम्हालेका प्रहरी उपरीक्षक राठौरले गुण्डागर्दी र सामाजिक विकृति ल्याउने अनैतिक कृयाकलाप नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए ।

अपराध नियन्त्रण तथा अनुसन्धान र शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नु प्रहरीको मुख्य दायित्व भएकोले ऐन तथा नियमलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै गुण्डागर्दी नियन्त्रणमा प्राथमिकता दिने राठौरले बताएका हुन् । शनिबार बिहान सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राठौरले चितवनमा पाँच प्रकारका गुण्डाहरुको लिष्ट बनाएकोले त्यसैअनुसार उनीहरुमाथी निगरानी बढाउँदै कारबाही गरिने बताए । चितवन प्रहरीले चितवनमा फ्याउरे गुण्डा, टोले गुण्डा, व्यावसायिक रुपमा लागेका गुण्डा, संरक्षित गुण्डा र राजनीतिक गुण्डा गरि गुण्डाहरुको वर्गिकरण गरेको छ ।
विगतमा भएका अपराधिक क्रियाकलापमा संलग्नहरुको रेकर्ड हेरेर उनीहरुले गलत काम गरेको भेटाएमा तत्काल कारबाही गर्ने टिम तयार भएको आज शनिबार मात्र संचारकर्मीहरुसंग उनले बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्