बायर्न म्युनिखलाई निराश पार्दै फ्रान्कफर्ट जर्मन कप विजेता

म्युनिख,/ जर्मन कपमा बायर्न म्युनिखलाई निराश पार्दै फ्रान्कफर्टले जर्मन कपको उपाधि उचालेको छ । फाइनल खेलमा बायर्न ३-१ ले पराजित हुन पुगेको हो ।

फाइल तस्बिर

खेलको एघारौं मिनेटमा फ्रान्कफर्टका लागि आन्टे रेबिकले टोलीलाई अग्रता दिलाएका थिए । तर ५३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नका लागि गोल फर्काउँदै खेल बराबरीमा ल्याए । आन्टे रेबिकले ८२ औं मिनेटमा फेरी गोल गर्दै टोलीलाई दोस्रो पटक खेलमा अग्रता दिलाए ।

निर्धारित समयको इन्जुरी समयसम्म पनि बायर्न बराबरी गोलको खोजमा थियो । तर मिहाट ग्यासिनोभिचले गोल गर्दै बायर्नलाई निराश बनाएको हो । खेलभरी बायर्नले ७७ प्रतिशत पोजेसन राखेको थियो र २२ प्रहार पनि गरेको थियो । तर फ्रान्कफर्टको डिफेन्सलाई एक पटकभन्दा बढी तोड्न नसक्दा बायर्न खाली हात फर्न बाध्य भयो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्