मेसी र रोनाल्डोलाई आइएसको धम्की

काठमाडौं,/  विश्वकप २०१८ को तयार करीव पूरा भएको छ । विश्वकपले पूरै विश्वको ध्यान आफूतर्फ तान्ने गरेको छ । विश्वकप भन्दा पहिला आतंकवादी संगठन आईएसआईएसले एक धम्की जारी गरेको छ ।

फाइल तस्बिर

उक्त आतंकवादी संगठनले जारी गरेको धम्कीमा विश्वका सबैभन्दा चर्चिच दुई खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनन मेसीको टाउको काटेर शीरबाट अगल गर्ने उल्लेख छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आईएसले विश्वको ध्यान आफूतर्फ खिच्न विश्वकपमा आक्रमण गर्ने धम्की दिएको हो । आईएसले रोनाल्डो र मेसीको टाउको काट्नै भन्दै भिडियो समेत जारी गरेको छ । यसैबीच एक फोटोसपमार्फत रोनाल्डो र मेसीको टाउको काट्दै गरेको तस्वीर पनि सार्वजनिक गरिएको छ ।

तस्वीकार मास्क लगाएका जिहादीले यी दुई फुटबलरलाई समातेको देखाइएको छ । साथै उक्त तस्विरमा लेखिएको छ ‘उनीहरुको रगतले मैदान रङ्गिने छ । यसको जानकारी आईएसमाथि निगरानी राख्ने संस्था सिक्सगिलले दिएको हो । इराकमा कब्जा जमाएपछि आईएसले कयौं पत्रकारको टाउको काटेर हत्या गरेका थिए । जसमा सिरियाकी एक महिला पत्रकार समेत सामेल छिन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्