बार्सिलोनाको लागि आन्द्रे  इनियेस्टाको अन्तिम खेलमा बार्सिलोना विजयी

बार्सिलोना,/ बार्सिलोना यो सिजन ला लिगा र कोपा डेल रे जित्न सफल भयो भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रोमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

फाइल तस्बिर

बार्सिलोनाको यो सिजन अन्तिम खेल आन्द्रे इनियेस्टाका लागि स्पेनिस क्लबबाट अन्तिम खेल थियो। आइतबार राती भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिड्याडलाई १-० ले हराउँदै सिजनलाई अन्त्य दियो। बार्सिलोनाको जितमा भविष्यमा इनियेस्टाको भूमिका निर्वाह गर्ने आशा गरिएका लिभरपुलका पूर्व मिडफिल्डर फिलिप कौटिन्हो उत्कृष्ट गोल गर्दै निर्णायक साबित भए।

फाइल तस्बिर

खेलको पहिलो हाफमा भ्रमणकारी टोलीले बार्सिलोनालाई रोकेपपनि कौटिन्होले ५७ औं मिनेटमा बक्स बाहिर बाँयाबाट दाँयापट्टी प्रहार गर्दै राम्रो गोल गरे । करिब क्लबसँग २२ वर्षको सहकार्यपछि सिजनको अन्त्य पछि चिन जाने निर्णय सार्वजनिक गरेका ३४ वर्षे स्पेनिस मिडफिल्डर इनियेस्टालाई दुवै क्लबका समर्थक र खेलाडीहरुले विदाई गरे। एजेन्सी


प्रतिक्रिया दिनुहोस्