सन्दीपलाई पहिल्यै किन खेलाएन- रिकी पोन्टिङ

काठमाडौं / भिभो आइपिएल २०१८  अन्तर्गत अहिले नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले , मुम्बई इन्डियन्सको अघिल्लो यात्रामा पूर्णविराम लगाएका छन् ।

फाइल तस्बिर

लिगमा दिल्ली डेयरडेभिल्सले सुरुआती ११ खेलमा सन्दीप लामिछानेलाई बेञ्चमा राख्यो । जब मौका पाए  सन्दीपले आफूलाई प्रमाणित गरे । १७ वर्षीय सन्दीपको बलिङबाट सबै प्रभावित भए ।

प्रशिक्षक रिकी पोन्टिङले – भने, सन्दीपको प्रतिभामा हामीलाई शंका थिएन । हामीसँग क्रिस मोरिस, म्याक्सवेल जस्ता अनुभवी खेलाडी थिए । त्यसैले विदेशी कोटामा सन्दीपलाई अटाउन गाह्रो भयो । आइतबार दिल्लीको अन्तिम खेलमा ३६ रन खर्चेर ३ विकेट लिँदै टिमलाई जित मात्र दिलाएनन्, मुम्बई इन्डियन्सको अघिल्लो यात्रामा पूर्णविराम लगाउन महत्वपूर्ण भूमिका खेले ।

उनले अघि भने – आईपीएलमा उदाएका केही प्रतिभावान युवा खेलाडीमा सन्दीप पनि पर्छन् । हामी उनको लामो र सफल आईपीएल करिअरको आशा गरिरहेका छौं ।

 


प्रतिक्रिया दिनुहोस्