भोजपुरी अभिनेत्री मनिशा रायको सडक दुर्घटनामा मृत्यु

एजेन्सी / भोजपुरी चलचित्रकी चर्चित अभिनेत्री मनिषा रायको सडक दुर्घटना निधन भएको छ। उनको उत्तर प्रदेशको बलिया शहरमा भएको दुर्घटनामा पनि निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मनिष चलचित्र छायांकनका लागि मोटरसाइकलमा मनियार जाँदै गर्दा दुर्घटना भएको हो। मनिषा चढेको मोटरसाइकललाई कारले ठक्कर दिँदा मनिषाको दुर्घटना स्थलमा मृत्यु भएको समाचारमा जनाइएको छ।

मोटरसाइकल चलाइरहेका संजिव मिश्र गम्भिर घाइते भएका छन्। यो घटना शुक्रबार राति साढे आठ बजे भएको थियो। दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइते संजिवलाई अस्पताल पुर्याएको थियो भने मृत्यु भएकी मनिषाको शवलाई पोस्टमार्टमका लागि रिफर गरेको थियो।

मनिषा भाजपुरी चलचित्रकी चर्चित अभिनेत्री हुन्। उनको कोहबर चलचित्र निकै चर्चित रहेको थियो।


प्रतिक्रिया दिनुहोस्