आफ्नो स्वार्थका लागि धोनीको टीममा शामेल भए यी खेलाडी

एजेन्सी / करिव एक दशकपछि चेन्नई सुपर किंग्ससँग दोस्रो आईपीएलको च्यान्पियनतर्फ अगाडि बढिरहेका अष्ट्रेलियाली खेलाडी शेन वाटशन आईपीएलको ११ औं संस्करणमा आफ्नो राम्रो प्रदर्शनकालागि कप्तान महेन्द्र सिंह धोनीका प्रिय छन्।

दुई वर्षको निलम्बनपछि आईपीएलमा प्रवेश गरेका उनी चेन्नईमा शानदार प्रदर्शन गर्दै टीमलाई प्लेअफमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। क्वालिफायर–१ मा मंगलबार मुम्बईको वानखेडे स्टेडियममा चेन्नईको सामना सनराइजर्स हैदराबादसँग हुँदैछ र, यो खेल जीत्ने टीम सिधै फाइनलमा प्रवेश गर्ने छ। राजस्थान रोयल्ससँग २००८ मा आईपीएलको पहिलो सीजनको च्याम्पियन भएपछि वाट्सन यो पटक चेन्नईसँग मिलेर दोस्रो पटक आईपीएल च्याम्पियन बन्ने दाउमा छन्।

वाट्सन भन्छन्, ‘ म चेन्नई सुपर किंग्समा खेल्ने अवसर पाएर आफूलाई भाग्यमानी अनुभव गरिरहेको छु। मलाइ यो पूरै सीजनमा राम्रो ब्याटिङ गर्ने मौका मिल्यो। मैले यस्ता केही ओभवमा पनि ब्याटिङ गरे, जहाँ धोनीलाई मेरो जरुरत थियो।’ यो सीजनमा वाटसनले ४३८ रन बनाउँदै चेन्नईकालागि ६ विकेट लिए। यसमा एक शतक र दुई अर्धशतक शामेल छन्।

वाट्सन भन्छन्, ‘म यहाँ धोनीसँगै आफ्नो स्वार्थकालागि पनि यहाँ छु। मलाइ के हेर्नु थियो भने धोनीको दिमागले कसरी काम गर्छ। उनी कसरी खेललाई पढ्छन्। मलाइ आईपीएलमा निकै राम्रा खेलाडीसँग खेल्ने मौका मिलेको छ। र, धोनी यो सूचीमा सबैभन्दा माथि छन्।’


प्रतिक्रिया दिनुहोस्