दुई घण्टा आइपीएल शो होस्ट गरे बापत रणवीरले लिए १ करोड तलब

बलिउड अभिनेता रणवीर कपुरले इण्डियन प्रिमियर लिग (आइपीएल)को फिनालेको दुई घण्टा अघि हुन लागेको शो (कार्यक्रम) सञ्चालन गर्ने भएका छन्। उनले दुई घण्टा सञ्चालन गर्न लागेको उक्त कार्यक्रमका लागि भारु एक करोड रुपैयाँ लिनेछन्।

फ्यानले रणवीरलाई ठूलो पर्दामा देखेपछि कार्यक्रम होस्टका रुपमा भने देख्न पाएका थिएनन्। उनले पहिलो पटक महँगो रकममा कार्यक्रम सञ्चालन गर्न लागेका हुन्।

यो कार्यक्रममा सलमान खान, ज्याक्लिन फर्नाडिज, करीना कपुर, सोनम कपुर पनि सहभागी हुनेछन्। यस समारोहको ुक्रिकेट फाइनल्स पार्टी तो बनती हैु नाम दिइएको छ। यो कार्यक्रम सकिएपछि आइपीएल २०१८ को फाइनल खेल हुनेछ। २७ मे मा हुने आइपीएल फिनालेको स्टार इण्डियाले प्रत्यक्ष प्रसारण गर्नेछ।

सलमानले पहिलो पटक आइपीएलको फिनालेमा आफ्नो क्रिकेट लभको गोपनियताका बारेमा खुलासा गर्नेछन्। त्यती मात्र नभइ सलमानले ज्याक्लिनका साथमा धमकेदार प्रस्तुती समेत राख्ने छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्