कृष्ण मन्दिर बनाउन पाकिस्तानी सरकारले दियो दुई करोड रुपैयाँ

काठमाडौं / पाकिस्तानको पञ्जाब प्रान्त सरकारले रावलपिन्डीस्थित कृष्ण मन्दिरलाई सुन्दर बनाउन तथा विस्तार गर्नका लागि दुई करोड रुपैयाँ दिएको छ । रावलपिन्डी र इस्लामाबाद शहरमा मात्र कृष्ण मन्दिर श्रद्धालुहरूका
लागि खुलेको छ ।

मन्दिरमा हरेक दिन बिहान र बेलुका दुईचोटि आरती गरिन्छ जसमा एकदमै कम मानिस उपस्थित हुन्छन् । डन पत्रिकाले उपप्रशासक मोहम्मद आसिफलाई उद्धृत गर्दै लेखेअनुसार, प्रान्तीय संसद्का एक सदस्यको आग्रहमा सरकारले दुई करोड रुपैयाँ दिएको हो । पत्रिकाका अनुसार, मन्दिरको सौन्दर्यीकरण कार्य छिट्टै शुरु हुँदैछ । एक टोलीले स्थलको भ्रमण गरेको छ र काम शुरु गर्ने योजना बताएको छ । प्रतिमा राखिएको मुख्य कक्षलाई सौन्दर्यीकरण नसकिएसम्म बन्द राखिनेछ ।

सौन्दर्यीकरणको काम सकिएपछि अरू थप मानिसका लागि ठाउँ पुग्ने बताइएको छ । मन्दिरमा धेर ठाउँ हुँदा दुवै शहर र नजिकका क्षेत्रका श्रद्धालुहरूलाई सुविधा हुनेछ । काँजी मल र उजागर मल राचपालले सन् १८९७ मा यो मन्दिर निर्माण गरेका थिए ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्