‘कौन बनेगा करोडपति’को नयाँ सिजन सुरु हुँदै, अमिताभको पारिश्रमिकका ठूलो वृद्धि

 

एजेन्सी / अमिताभ बच्चन छिट्टै ‘कौन बनेगा करोडपति’को नयाँ सिजन लिएर आउँदैछन् । बिग बीले यसपटक शोको १० औं सिजन होस्ट गर्नेछन् । समाचारअनुसार यो रियालिटी शोको दर्ता प्रक्रिया जून २०१८ को पहिलो हप्ताबाट सुरु हुँदेछ ।

स्रोतका अनुसार यस पटक अमिताभ बच्चनको पारिश्रमिक निकै वृद्धि भएको छ । अघिल्लो वर्ष अमिताभले पूरै सिजनको २ सय करोड लिएका थिए । अघिल्लो सिजनमा कूल ७५ एपिसोड प्रसारण भएका थिए । यो हिसाबले अघिल्लो वर्ष उनको प्रतिएपिसोड पारिश्रमिक २ करोड ६० लाख थियो । यस वर्ष भने अमिताभले प्रतिएपिसोड ३ करोड लिँदैछन् । शो अगष्ट २०१८ मा सुरु हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्