प्रधानमन्त्री ओलीद्वारा ४१ राष्ट्रका बामपन्थी युवाहरुको बैठक उद्वघाटन [फोटो फिचर]

–बि. पि. साम्याङखाम

काठमाडौं, ९ जेष्ठ / बिश्व प्रजातान्त्रिक युवा संगठनको जेनेरल काउन्सिल मिटिङ काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बैठकको उदघाटन गरेका छन् ।

कार्यक्रममा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको समेत उपस्थिति रहेको थियो । ४० राष्ट्रका एक सय भन्दा बढी कम्युनिष्ट युवाहरुको सामुहिक बैठक बिशेष रुपले हेरिएको थियो । उदघाटन कार्यक्रममा झाँकी सहित बिभिन्न जातजातिको पहिचान झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।

संसारभरका प्रगतिशील बिचारधारा बोक्ने राजनितिक युवा संगठनहरुको अन्तराष्ट्रिय छाता संगठन बिश्व प्रजातान्त्रिक युवा संघ (डब्लु एफ डि वाई) को सदस्य संगठनको रुपमा परिचित युवा संघ नेपालले बिभिन्न कालखण्डमा उपाध्यक्ष लगाएत अन्य कार्यकारी भुभिकामा नेतृत्व सम्हाल्दै आईरहेका छन् ।

बिश्व प्रजातान्त्रिक युवा संघको हेडक्वाटरबाट पारित भए अनुसार युवा संघ नेपाल, अनेरास्वबियु, वाई सि एल र अनेरास्वबियुको आथित्यतामा यही २०७५ जेष्ठ ८ देखि ११ गते सम्म बिश्वका अधिकांश मुलुकका युवाहरु सम्मिलित जनरल काउन्सिल मिटिङ काठमाडौंको गोकर्ण रिर्सोटमा सम्पन्न हुने युवा संघ नेपालद्वारा जारी प्रेश बिज्ञप्तीमा बताइएको छ ।

बिश्व प्रजातान्त्रिक युवा संगठनले बिश्व भरिका सामाजिक भेदभाब, अहिंसा युद्व जन्य समस्याहरुमा एक्यबद्वता र बिश्व साम्राज्यबाद र बिस्तारबादका बिरुद्व चर्को आवाज अठाउदै आएको छ ।

 

तस्विर-  बि. पि. साम्याङखाम

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।


प्रतिक्रिया दिनुहोस्