युवा क्रिकेटर सन्दीप लामिछाने २५ लाखको कारबाट सम्मानित [भिडियो सहित]

 अरुण पोष्ट संबाददाता

काठमाण्डौं / नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने टाटा टिगोरसँग आबद्ध भएका छन् । श्रीपदी ट्रेडिङ प्रा ली र सन्दिपले आज एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।हस्ताक्षर अनुसार यस सहकार्यको अवधि तीन वर्षको हुनेछ । यस सहकारीका लागि श्रीपदीले सन्दिपलाई टाटा टिगोर कार प्रदान गरेको छ । यस कारको बजार मुल्य करिब २५ लाख रहेको छ ।

सन्दिपलाई श्रीपदीले आईपिएल गरेको प्रदर्शका लागि सम्मान स्वरुप अबद्धता गरेको हो । तीन वर्षको अवधिमा सन्दिपले टाटाको प्रवर्दनमा सहयोग गर्ने छन् ।कार्यक्रममा सन्दिपले बोल्दै आफु टाटासँग आबद्ध हुन पाएकोमा खुशी ब्यक्त गरे । “टाटाले यस अघि नेपाली टोलीका सुनिल धमला र आरिफ शेखलाई स्पोन्सर गरेको थियो । आज म पनि आबद्ध हुन पाउँदा निकै खुशी लागेको छ । भविष्यमा पनि यसरी नै अन्य खेलाडीलाई टाटाको साथ रहन्छ भन्ने आशा राख्दछु ।”उनले भने । श्रीपदीका सिइओ राजन बाबु श्रेष्ठले सन्दिपलाई टाटा र श्रीपदीसँग आवद्ध गराउन पाउनु खुशीको विषय भएको बताए । “१७ वर्षको कलिलो उमेरमा नै सन्दिपले आईपिएल र विश्व ११ मा स्थान बनाउन सफल भएका छन् । यसले सारा नेपालीलाई खुशी बनाएको छ र सन्दिप जस्तो विश्व स्तरिय खेलाडीसँग आबद्ध हुन पाउँदा हामी निकै हर्षीत छौं ।”

सन्दिपले यस सिजनको आईपिएलमा तीन खेल खेल्दै पाँच विकेट लिन सफल भएका थिए । सन्दिपले रोयल च्यालेन्जर्स बैंग्लौर बिरुद्धको खेलमा आईपिएलमा डेब्यु गर्दै चार ओभरमा २५ र खर्चिएर एक विकेट लिएका थिए ।त्यस्तै आफ्नो दोश्रो खेलमा चेन्नाई सुपर किंग्स बिरुद्धको खेलमा २१ रन खर्चिएर एक विकेट निकाले । सन्दिपले दोश्रो खेलमा इकोनोमिकल बलिङ गरे बापत स्टाइलिस प्लेयर अफ द म्याचको पनि उपाधि जितेका थिए । उक्त उपाधि जिते बापत उनले एक लाख भारु पनि जितेका थिए । आइतवारको अन्तिम खेलमा मुम्बई इण्डियन्स बिरुद्धको खेलमा सन्दिपले चार ओभरमा ३६ रन खर्चिएर तीन विकेट लिन सफल भएका थिए ।

                                                                -भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

 


प्रतिक्रिया दिनुहोस्