तैमुरलाई लाग्यो यो कुराको लत, सामाजिक संजालमा भाइरल भयो तस्वीर

एजेन्सी / बलिउड इण्डस्ट्रीका सबैभन्दा क्यूट किड तैमुर यतिबेला नयाँ शौखका कारण चर्चामा छन्। तैमुरको नयाँ शोखले के संकेत गरेको छ भने उनी ग्याजेट्सका ठूला शौखिन छन्। सामाजिक संजालमा भाइरल तस्वीरमा तैमुर एक बच्चासँग बसेर ट्याबलेट खेलिरहेका छन्।

तैमुर निकै ध्यानपूर्वक ट्याबलेटको स्क्रीनमा हेरिरहेका छन्। उनको हातमा ध्यान पूर्वक हेर्नुस् त, उनी कसरी स्क्रीन पछाडि हेरिरहेका छन्। उनलाई कसैले स्क्रीन छोयो भने गेम गायव हुन्छ भने जसरी हेरिरहेका छन्।

तैमुरको गेल शोखलाई एक छिन छोडौं। उनका बुवा सैफ अली खान उनलाई क्रिकेट सिकाउन चाहन्छन्। करिना कपुरले एक अन्तर्वातामा भनेकी थिइन्, ‘खाली समयमा सैफ तमुरलाई क्रिकट सिकाउन चाहनुहुन्छ।’

सैफले पनि तैमुरलाई क्रिकेटको तालिम दिने बताइसकेका छन्। गेमिङ, क्रिकेट र प्ले स्कुललाई छोड्नुस्। तैमुर सामाजिक संजालमा लोकप्रिय किड हुन्।


प्रतिक्रिया दिनुहोस्