उत्तर कोरियाले आफ्नो परमाणु परीक्षण सुरुङ ध्वस्त पार्‍यो

बीबीसी / उत्तर कोरियाले आफ्नो एक मात्र परमाणु परीक्षण स्थलमा रहेको सुरु ध्वस्त गरेको छ।

उत्तर कोरियाले यो कदम कोरियाली प्रायद्वीपमा उत्पन्न तनाव कम गर्नका लागि उठाएको हो। परमाणु परीक्षण स्थल नजिकै उपस्थित बनेका विदेशी पत्रकारले त्यहाँ एकदमै ठूलो विस्फोट भएको देखिएको बताएका छन्।

उत्तर कोरियाले यसअघि नै परमाणु परीक्षण स्थल नष्ट गर्नेकार्य मे २३ देखि २५ सम्ममा गर्ने घोषणा गरेको थियो। उत्तर कोरियाले हालै दक्षिण कोरिया र अमेरिकासँग राजनैतिक सम्बन्धमा सुधार ल्याउनका लागि आफ्नो परमाणु परीक्षण स्थल नष्ट गर्ने घोषणा गरेको थियो।

उत्तर कोरियाले उत्तरी पहाडी क्षेत्रमा उक्त परमाणु परीक्षणको सुरुङ ध्वस्त गर्ने समयमा कुनै पनि अन्तराष्ट्रिय पर्यवेक्षकलाई त्यहाँ उपस्थित हुन अनुमति नदिइएको बीबीीले जनाएको छ। उत्तर कोरियाको उत्तर पूर्वी पहाडी क्षेत्र म्योङयाङको परमाणु परीक्षण पंग्गी री कम्पलेक्स छ। सन् २००६ बाट उक्त स्थलबाट ६ परमाणु परीक्षण गरिएको छ।


प्रतिक्रिया दिनुहोस्