टेलिभिजनको लाईभ कार्यक्रममै नेतामाथि थप्पड

१० जेठ / पाकिस्तानी एक टेलिभिजनको लाइभ बहस कार्यक्रममा एक नेताले अर्काेलाई चोर भनेपछि आक्रोसित नेताले बहसकै क्रममा थप्पड हानेका छन् । पाकिस्तानमा यही वर्ष हुन लागेको चुनाव केन्द्रित वहसमा हात उठाएपछि यो विषयले निकै चर्चा पाइरहेको छ । कार्यक्रममा यी दुईबिच चर्काे बहस चलेको थियो ।

पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका नेता नईम–उल हकले पाकिस्तान मुस्लिम लीग–नवाज–पार्टीका नेता दानियाल अजीजलाई जीओ न्युज टेलिभिजनको कार्यक्रम ‘आपस की बात’ मा थप्पड हानेका थिए ।

कार्यक्रमका होस्ट मुनीव फारुकको निकै सम्झाई बुझाई गरी उनीहरुलाई शान्त पारेका थिए । (एजेन्सी)


प्रतिक्रिया दिनुहोस्