मलेसियाका पुर्वप्रधानमन्त्रीलाई घर फर्कन अनुमति

पत्रजय, मलेसिया / मलेसियाका पुर्वप्रधानमन्त्री नाजिव रजाकसँग घन्टौ लामो अनुसन्धानात्मक प्रश्नोत्तर गरेपछि घर फर्कन अनुमति दिइएको छ ।

मलेसियाली भ्रष्टाचार विरोधी आयोग (एमएसीसी)को मुख्यालयमा उहाँसँग झण्डै छ घण्टा प्रश्नोत्तर गरिएको अधिकारीहरूले बताएका छन् । राज्य विकास कोषको दुरुपयोग भएको भनिएको विषयमा प्रश्नोत्तर सकिएपछि आयोगले उहाँलाई बिहीबार घर फर्कन पाउने व्यवस्था गरेको हो ।

पुर्वप्रधानमन्त्री नाजिब आयोगको कार्यालयमा स्थानीय समय अनुसार विहान ९.४५ बजे पुग्नु भएको थियो भने ४.४५ मा बाहिरिनु भएको थियो । आयोगको कार्यालयमा प्रवेश गर्नु अगाडि उहाँ कालो कोट लगाएको, मन्द मुस्कान र सहज महशुष गरेको मुद्रामा देखिनु भएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । नाजिबसँग पहिलो चरणको सोधपुछ मंगलबार गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्