किमसँगको सम्मेलन जुन १२ मा हुने अझै सम्भावन छ: ट्रम्प

वासिङटन, संयुक्त राज्य अमेरिका / उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी जुन १२ मा हुने भनिएको युगान्तकारी शिखर सम्मेलन पूर्वसहमति अनुसार अभैmपनि जुन १२ मा नै पनि हुनसक्ने बताउनुभएको छ ।

यो जुन १२ नै हुनसक्छ । हामी उनीहरूसँग कुराकानी गरेका छौँ, ट्रम्पले ह्वाइट हाउसमा एक समारोहकाबीच बताउनुभयो । उनीहरू (उत्तर कोरियालीहरू) सम्वादका लागि धेरै इच्छुक देखिएका छन् । हामी पनि यस बिषयमा सकारात्मक नै छौँ । हेरौँ, के हुन्छ ।

ट्रम्पले एक दिन पहिले उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिङ्गापुरमा हुने भनिएको किमसँगको शिखर सम्मेलन तत्कालका लागि अवरुद्ध भएको बताउनुभएको थियो । अमेरिकी राष्ट्रपतिले सम्मेलन रोकिनुको कारण उत्तर कोरियाद्वारा देखाएको खुला विरोध भएको जनाएको थियो ।

बिहीबार ट्रम्पले किमलाई पठाएकोे पत्रमा लेखिएको छ, “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरूका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु ।”

यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गर्नुभउको थियो भने उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्र्ख’ को संज्ञा दिएको थियो । ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको थियो । तर उत्तर कोरियाली अधिकारी र अमेरिकी राष्ट्रपतिबीच सम्वाद नटुटाउने बिषयमा कुरा भएको बुझिएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्