बलिउड सुपरस्टार सलमान खान दोस्रो पटक पनि किन नेपाल आउन सकेनन्, ?

काठमाडौं, १२ जेठ / बलिउड सुपरस्टार भारतीय कलाकार सलमान खान दोस्रो पटक पनि नेपाल नआउने पक्का भएको छ । खानले दोस्रो पटक नेपाल आउने प्रयास गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी निकट जनसाँस्कृतिक महासंघको विरोधपछि खानको ‘दबङ टुर’ स्थगति भएको थियो । जेलबाट रिहा भएपछि खानले फेरि नेपाल आउने बताएका थिए ।

खानको कार्यक्रमले नेपालको राष्ट्रियता विरोध भन्दै चौतर्फी विरोध भएपछि दोस्रो पटक आजै जेठ १२ गते शनिबारको कार्यक्रम पनि स्थगित भएको हो । आजको लागि तोकिएको कार्यक्रम स्थगित भएको आयोजक संस्था ओडिसी नेपालले आफनो आधिकारिक फेजबुक पेजमार्फत स्थगित भएको जनाएको छ ।

महासंघका महासचिव खेम थपलियाले दोस्रो पटक कार्यक्रम गरे प्रतिरोध गर्ने चेतावनी दिइसकेका थिए । उनले नेपाली कलाकारहरुको अपमान हुनेगरी काठमाडौंको टुडिखेलमा भारतीय कलाकारहरुलाई रक्सीको विज्ञापनमा नचाइनु गलत भएको बताउँदै आएका छन् । नेपाली कलाकारहरुलाई अपमान भएको आफूहरुले हेरेर बस्न नसक्ने महासचिव थपलियाले बताएका छन् ।

आयोजक संस्था ओडिसीले खानको कार्यक्रममा लागि भनेर एउटा टिकटको मुल्य २० हजार सम्म वितरण समेत गरेको थियो । सर्वसाधारणबाट उठाएको लाखौं रकम फिर्ता गर्न आयोजकलाई चौतर्फी दबाब बढेको छ । सलमान दोस्रो पटक पनि नआउने भएपछि आयोजकको करोडभन्दा बढी लगानी डुब्ने पक्का भएको छ । सलमानसँगै भारतका अरु कलाकारहरु पनि आउने कार्यक्रम रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्