चर्चित क्रिकेटर सन्दीप लामिछाने जेभियर इन्टरनेशनलको ‘ब्राण्ड एम्बेसडर’ बने

काठमाडौं / चर्चित क्रिकेटर सन्दीप लामिछाने जेभियर इन्टरनेशनल स्कुल(कलेजको ‘ब्राण्ड एम्बेसडर’ मा अनुबन्धित भएका छन् ।आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेर नेपाल फर्किएलगत्तै उनले जेभियरसँग अनुबन्धित भएका हुन् । लामिछाने कलिलो उमेरमै आइपिएलसंग सम्झौता गर्न सफल र क्रिकेटको घर लर्डस्मा खेल्ने पहिलो क्रिकेट खेलाडी हुन ।


भृकुटीमण्डपमा शुरु भएको हिसान ‘एजुकेशन फेयर’ का क्रममा उनलाई २ वर्षका लागि जेभियर इन्टरनेशनलको ब्राण्ड एम्बेसडरमा अनुबन्धन गरिएको जेभियरका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले जानकारी दिएका छन।

अब लामिछाने २ वर्ष सम्म अन्य संस्थाको ब्राण्ड एम्बेसडर बन्ने छैनन् । ब्राण्ड एम्बेसडरको भूमिकामा रहने क्रिकेटर लामिछानेले जेभियर इन्टरनेशनल स्कूल बौद्ध र कालोपुल कलेजका विद्यार्थीहरुको क्षमता अभिवृद्धि र उनीहरुको हौसला बढाउने भूमिका निर्वाह गर्ने छन् ।

उनले जेभियरका विद्यार्थीलाई कार्यक्रमहरुमा सहभागी भएर साथ दिने बताएकाछन । अरुण पोष्ट संवाददाता


प्रतिक्रिया दिनुहोस्