सलाहसंग तुलना गर्न नमिल्ने – रोनाल्डो

किएभ,/  रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डोले शनिबार हुने च्याम्पियन्स लिग फाइनलअघि टेलिभिजन अन्तर्वार्तामा लिभरपुलका मोहमद सलाह उनीभन्दा फरक किसिमको खेलाडी रहेको बताएका छन् ।


फाइल तस्बिर
सलाहले जारि सिजन निकै उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुलका लागि सलाहले जारि सिजन ४४ गोल गरेका छन् । रोनाल्डोले रियलका लागि ४३ गोल गरेका छन् । यसैकारण पनि सलाह र रोनाल्डोको तुलना गरिएको हो । रोनाल्डोले भने सलाहसंग तुलना नगर्न बताएका छन् । उनले विभिन्न कारणमध्ये दुई खेलाडीको उचाईलाई पनि एक कारण मानेका छन् । सलाह देब्रे खुट्टाले खेल्छन्, भने म दाहिनेले । उनी म भन्दा होचा पनि छन् । तर उनले जारि सिजन निकै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सलाह करियरकै पहिलोपटक युरोपेली प्रतियोगिताको फाइनल खेल्दै छन् । रोनाल्डो भने च्याम्पियन्स लिग ५ पटक जित्ने इतिहासकै पहिलो खेलाडी बन्ने सुरमा छन् । रोनाल्डो यस खेललाई लिएर उत्साहित पनि छन् । ‘यो निकै विशेष प्रतियोगिता हो । व्यक्तिगत रुपमा मैले य्तास प्रतियोगितामा धेरै सफलताहात पारेको छु । मलाई यहाँ खेल्न निकै मनपर्छ, उनले थपे , पांच पटक च्याम्पियन्स लिग जित्नु सपनामा पनि सोचेको थिएन । यदि हामीले उपाधि हात पारे त्यो अविश्वसनीय हुनेछ । च्याम्पियन्स लिग फाइनल शनिबार राति युक्रेनको किएभमा हुनेछ । लिभरपुल र रियल म्याड्रिड दुवै टोलीका खेलाडी किएभ पुगिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्