एक नम्बर प्रदेशलाई सुशासन र सम्पन्नताको प्रदेश बनाउने मुख्यमन्त्री राईको प्रतिबद्धता

(रासस)
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सुनसरी सबै हिसाबले प्रदेशकै सुन्दर र सम्पन्न जिल्लाको भएको बताएका छन्।

सुनसरी सदरमुकाम इनरुवामा आज अयोजित साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन्। उनले सबै क्षेत्रको केन्द्रका रूपमा रहेको सुनसरीलाई विकासको गतिमा लैजानका लागि घोषणाले एउटा इँट्टा थपेको बताए।

मुख्यमन्त्री राईले विकास र समृद्धिका लागि नागरिकले संविधानअनुसार विकास गर्न पाउने जिम्मेवारी नागरिककै काँधमा आएकाले यो प्रदेशलाई सुशासन र सम्पन्नताको प्रदेश बनाउने प्रतिबद्धता जनाए।

मुख्यमन्त्री राईले स्पष्ट योजना र धारणाका साथ अगाडि बढेमात्र नागरिकले संविधानको मर्म र भावनाको अनुभूति गर्न पाउने भएकाले सूचकमा मात्र नभई व्यावहारिक बनाउने बताए। उनले साक्षर जिल्ला घोषणा गरेर मात्र नभई त्यसको व्यावहारिक कार्यान्वयनका लागि साक्षरतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री राईले विकासका पूर्वाधारहरू शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खानेपानी, विद्युतलगायतका आवश्यक भएकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961