नव अभिनेत्री संज्ञा श्रेष्ठ चलचित्र ‘मट्टीमाला’ बाट डेब्यू गर्दै

अरुण पोष्ट संबाददाता

काठमाडौं / चितवनमा जन्मिएकी संज्ञा श्रेष्ठ पाँच जनाको परिवारमा वुवा आमा र तीन छोरा छोरी मध्ये कान्छी छोरी हुन् । उनिको सबै परिवार व्यापारमा आबद्द छन् ।   सानै उमेरबाट पढाईमा ध्यान दिने उनि विद्यालयमा हुने बिभिन्न खेलकुद र नृत्यमा भाग लिने गर्थिन, साथै बिभिन्न अवार्ड पनि हात पारेकी थिइन् । कवडी खेल उनि राम्रो खेल्थीन र तीन पटक सम्म त अवार्ड समेत जितिन्। सानोमा उनि चञ्चले र धेरै हाँस्ने स्वभावकी साथै व्यावहारिक थिइन । विध्यालय साथै कलेजमा उनि एउटा इमान्दार विद्यार्थीको रुपमा चिनिन्थीन् । कक्षामा धेरै हाँस्ने बानिले गर्दा कहिलेकाहीँ शिक्षकको पिटाइ समेत खान्थीन् ।

उनिले गृह जिल्ला चितवनको  बालकुमारी कलेज बाट एस.एल.सि. , प्लस टु र बि.बि.ए. उत्रिण गरेकी हुन्। त्यसैगरी एम.बि.ए. सिक्किम मनिपाल युनिर्भसिटि इन्डियाबाट गरेकी हुन् । प्राय धेरै चनचित्रको डाइलगहरु उनिलाइ याद हु्न्थ्यो । गीत सुन्न र चलचित्र हेर्न उनिको रुचि थियो । प्लस टु सक्ने बितिकै उनिले बैंकमा काम गर्न थालिन् । बैंकको जागिरले गर्दा उनि निकै ब्यस्त भएतापनि फोटो सुट लगायत अन्य बिभिन्न कामहरु मिलाएर गर्छिन्।

आजकल उनि फुर्सदको समयमा फुटबल गेम हेर्छिन र गीतसंगीतका सुन्नका साथै कहिलेकाहीँ गीटार पनि बजाउछिन् । कोमल मन भएकी उनि अरुको दुःख हेर्न सक्दिनन, सकेसम्म सहयोग गर्छिन् । हरेक असंभवमा सकरात्मक सोँच लिएर अघि बढ्ने उनि एक सम्भावना बोकेकी कलाकार हुन् । चलचित्र मट्टीमाला बाट कलाकारिता क्षेत्रमा डेब्यू गर्दै छिन, नवअभिनेत्री संज्ञा श्रेष्ठ ।

चलचित्र मट्टीमालामा उनिले राम्रो अभिनय गरेकी छिन् । उत्त चलचित्रमा मेरी बास्सैका चर्चित जोडी हनुमाने (बुद्धी तामाङ) र मङ्गली (रजनी गुरुङ) को रोमान्स रहेको मट्टीमालामा नायीका  प्रियंका कार्कीको विशेष भूमिका रहेको छ । त्यसैगरी चलचित्रमा शिशिर राना, नेपाली टोनी जाका नामले परिचित चिरन राई, पृथ्वि राई, अरुणा कार्की, अर्जुन गुरुङ, विनोद राई, टेकराज लाङ्घाली, विक्रम लामा, दिपक आचार्य लगायतको अभिनय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्