कुखुरा पालक किसानलाई अभिमुखीकरण तालिम

चितवन, १२ जेठ । चुम्लिङटारमा कुखुरा पालक किसानहरुको एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । समृद्धि नेशनल ईन्भेष्ट ग्रुप प्रा.लिद्धारा संचालित समृद्धि कोल्ड स्टोर्स चुम्लिङटारको आयोजनामा चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी र धादिङको रोराङ गाउँपालिकाका १५० जना किसानहरुलाई व्यावसायी कुखुरा पालनका लागि अभिमुखीकरण तालिम प्रदान गरेको हो ।
नेपालममा फस्टाउदैँ गएको कुखुरा पालन व्यावसायी किसानहरुका लागि आवस्यक ज्ञान प्रदान गर्न तालिमको आयोजना गरिएको समृद्धि नेशनल ईन्भेष्ट ग्रुप प्रा.लिका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनुभयो ।
तालिममा डाक्टर विजय कुमार श्रेष्ठले कुखुरा पालनका फाईदा सम्भावना चुनौती र समस्या सामाधानका बारेमा किसानहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
समृद्धि नेशनल ईन्भेष्ट ग्रुप नेपालका अध्यक्ष प्रल्हाद पोखरेलको अध्यक्षतामा इच्छाकामना गाउँपालिका ३ स्थित सिद्धार्थ रिर्सोटमा भएको तालिममा उद्योग वाणिज्य सघं चितवनका कार्य समिति सदस्य तथा कुखुरा पालन व्यावसायी चन्द्रमणी सापकोटा लागयतको आतिथ्य रहेको थियो ।

तीन करोड लगानीमा भौतिक संरचना निर्माण

यसैबीच समृद्धि नेशनल इन्भेष्ट ग्रुप प्रालिद्धारा संचालित समृद्धि कोल्ड स्टोर्स चुम्लिङटारले ती करोडको लगानीमा भौतिक संरचना निर्माण गरिहरेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा निर्माण कार्य अन्तिम चरणमा पुगेको समृद्धि नेशनल ईन्भेष्ट ग्रुप प्रा.लिका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलले भन्नुभयो“ अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ व्लास्ट रुम र कोल्ड रुम निर्माण भईरहेको छ, याहाँ २ सय क्वीन्टल कुखुराको मासु स्टक राख्न सक्ने क्षमता रहने छ, जसले गर्दा किसानको कुखुरा समयमै खरिद गर्न सक्ने छ ।” समृद्धि कोल्ड स्टोर्सले कुखुरा पालक किसानहरुलाई सहज रुपमा कुखुरा पालन व्यावसाय संचालनका लागि सहुलियतमा ऋण उपलब्ध गराउने अध्यक्ष पोखरेलले बताउनुभयो ।

साथै कुखुरा पालक कृषकहरुलाई कम्पनीको नियमभित्र रहेर बीमा र एक बर्षभरी नियमित कारोबार गर्ने किसानलाई बर्षको १ पं्रतिशत खुद नाफा फिर्ता गरिने स्टोर्सले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्