आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा नयाँ व्यवस्थापन

चित्र बहादुर गुरुङ

तनहुँ / तनहुँको आँबुखैरेनीमा विगत ३ वर्षदेखि सञ्चालनमा रहेको निजी स्तरको एकमात्र अस्पताल छिम्केश्वरी जनरल हस्पिटल प्रा.लि. आजदेखि नयाँ व्यवस्थापनबाट सञ्चालन हुने भएको छ । आज शनिबार अस्पताल हातामा नै एक औपचारिक कार्यक्रमको आयोजना गरेर सो कुराको जानकारी अस्पताल गराएको छ ।

स्पतालका प्रबन्ध निर्देशक बद्री न्यौपानेले दिएको अनुसार नयाँ शेयर सदस्य थप गरी हाल १६ जना पु¥याइएको र लगानी करिब २ करोड पु¥याईएको छ । उहाँका अनुसार अस्पतालले लगानी वृद्धिगरेसँगै दिइरहेको सेवालाई थप गुणस्तरीय बनाउने हाल १५ वेडको स्वीकृती रहेको अस्पताललाई २५ वेड पु¥याउने, थप सुविधामा विशेषज्ञ डाक्टरको उपस्थितिमा शल्य चिकित्सा(अप्रेशन), वर्थिङ सेन्टर, बाल रोग, हाडजोर्नी, आईसियु सञ्चालन गर्ने रहेको छ । पछिल्लो समयमा अस्पतालले आफ्नो सेवा गुणस्तरीय पार्न २२ लाखको लागतमा अत्याधुनिक डिजिटल प्रविधिको डिजिटल एक्स–रे मेशिन जडान गरिएको छ । अस्पतालमा पछिल्लो समय नयाँ व्यवस्थापनको रुपमा आँबुखैरेनीका प्रबुद्ध व्यवसायी तथा सामाजिक व्यक्तित्वहरु भित्रीएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार नयाँ सञ्चालक समितिको अध्यक्षमा सानुकाजी थापा, सचिवमा कृष्णमान गाङ्गदाङ्ग, कोषाध्यक्षमा भगवान श्रेष्ठ लगाएतका रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्