ओमनमा शक्तिशाली आँधी, नेपाली सुरक्षित

काठमाडौं, १३ जेठ । ओमनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ मा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

आँधीले ठूलो क्षति पुर्‍याएको त्यहाँको सरकारी निकायले जनाए पनि पूर्ण विवरण आउन बाँकी छ ।त्यस क्षेत्रमा कार्यरत कम्तीमा ७ हजार नेपाली सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ ।

‘प्रभावित क्षेत्रका नेपालीसँग नियमित सम्पर्क भइरहेको छ,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘अप्रिय खबर आएको छैन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस्