सलाहको चोट गम्भीर विश्वकप भविष्य पनि संकटमा

किएभ,/  लिभरपुलका फरवार्ड मोहमद सलाहको काँधको चोट गम्भीर रहेको प्रशिक्षक क्लपले बताएका छन् । शनिबार रियल म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेलमा उनको काँधमा चोट लागेको थियो ।

फाइल तस्बिर

उक्त खेलमा सलाह ३० मिनेटमा परिवर्तन भएपछि लिभरपुल ३-१ ले पराजित भएको थियो । पहिले हाफमा सर्जियो रामोससँग बल खोस्ने क्रममा सलाह लडेका थिए । खेलपछि मिडियासँग बोल्दै प्रशिक्षक क्लोपले सलाहको काँधको परिक्षण भइरहेको बताए ।

इजिप्टलाई विश्वकप पुर्याउन प्रमुख भुमिका खेलेका सलाह विश्वकपकै हेर्नलायक खेलाडीका रुपमा छान । सलाहको चोट गम्भीर रहेकाले उनको विश्वकप भविष्य पनि संकटमा देखिएको छ । इजिप्ट फुटबल संघले भने यसबारे छिट्टै आफ्नो डाक्टरहरुलाई खटाउने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्