थकाली भान्साघर सञ्चालनमा

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, १३ जेठ / ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा होटल थकाली भान्साघर फेमेली रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा आएको छ । फुङ्लिङस्थित न्यूरोडको दोबाटो नजिक उक्त होटल सञ्चालनमा ल्याइएको हो । गएको शुक्रबार प्रदेशसभाका सांसदत्रय बलबहादुर साम्सोहाङ, प्रतापप्रकाश हाङ्गाम र होमकुमारी साँबाले संयुक्त रुपमा होटलको उद्घाटन गर्नुभएको हो ।

ग्राहकलाई गाँस तथा आवासको सहज सेवासुविधा प्रदान गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको प्रोपाइटर चन्द्र तामाङले जानकारी दिनुभयो । सदरमुकाम फुङ्लिङमा केही वर्ष अघिदेखि नै सीमित सेवाका साथ होटल व्यवसाय गर्दै आउनुभएका तामाङले थप गुणस्तरीय सेवासहित ग्राहकलाई सुविधा दिनेगरी नयाँ ठाउँमा होटल सञ्चालनमा ल्याएको बताउनुभयो ।

होटल स्थापनासँगै ग्राहकको मागअनुसार इन्डियन, चाइनिज, कन्टिनेन्टल फुड्स लगायतका खानाका परिकार तथा सुविधासम्पन्न लजहरु होटलले उपलब्ध गराउन थालेको उहाँले जानकारी दिनुभयो । सकेसम्म सेवाग्राहीका लागि सस्तो दर र गुणस्तरीय सुविधा उपलब्ध गर्ने उहाँले बताउनुभयो । यता राज्य पुनर्संरचनासँगै स्थानीय तहहरु कार्यान्वयन आएपछि सदरमुकाम फुङ्लिङमा होटल व्यवसाय भने खच्केको व्यवसायी बताउँछन् ।

 


प्रतिक्रिया दिनुहोस्