पाकिस्तानमा संम्दिग्ध छ विद्रोही प्रहरीको काबाहीमा मारिए

इस्लामावाद, पाकिस्तान / पाकिस्तानको पूर्वी पञ्जाव राज्यमा प्रति आतङ्कवादी बल र संदिग्ध विद्रोहीबीच आइतबार झडप हुँदा छ आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रतिआतङ्कवादी विभागका प्रवक्ताका अनुसार आठ शङ्कास्पद आतङ्कवादी लडाकूको एक समूह मोटरसाइकलमा आइरहेका वेला उनीहरूलाई सुरक्षा जाँच गर्ने क्रममा गुजरतात जिल्लामा रहेको एक्कासी प्रहरी चौकीमा गोली चलाएपछि झडप शुरु भएको थियो । प्रहरी कारबाहीमा छ ‘आतङ्ककारी’ को मृत्यु भएको छ भने दुई जना भाग्न सफल भएका उहाँले सञ्चारकर्मीलाई बताउनुभयो ।

प्रवक्ताले संदिग्ध व्यक्तिहरू प्रतिबन्धित समूह भएको र पञ्जाबका संवेदनशील सेवा क्षेत्रमा आक्रमण गर्ने योजनासहित उक्त क्षेत्रमा सशस्त्र रूपमा प्रवेश गरेका थिए ।मृतकमध्ये प्रहरीको खोजी सूचीमा रहेको आतङ्कवादी सुहाइब पनि रहेको बताइएको छ ।

प्रवक्ताले भने मृतकमध्ये धेरैजसो लाहोरमा गत वर्ष बिष्फोट गराउने समूहका सदस्यसमेत रहेको बताइएको छ । लाहोर बिष्फोटमा २६ जनाको मृत्यु भएको थियो । उनीहरू पञ्जाबको सारगोडामा सन् २०१४ मा एकजना वरिष्ठ सैनिक अधिकारीको हत्यामा सम्लग्न रहेको पनि प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्