लालबाबु पण्डितले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने

काठमाडौं, १६ फागुनः मन्त्री भएसँगै सुधारका काम थालिसकेका जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएको छ ।
सरकारले मन्त्रालयको संख्या घटाएर १८ मा कायम गरेसँगै मन्त्री पण्डितले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने संभावना रहेको स्रोतले जनाएको हो ।
जनसंख्या तथा वातावरण मन्त्रालय अरु मन्त्रालयमा गाभिएपछि मन्त्री पण्डितलाई आफ्नो मन्त्रालय कुन हो भन्न गा¥हो भएको छ । तैपनि उनले आफू जनसंख्या तथा वातावरण मन्त्रालयमै बसेर काम गरिरहेका छन् ।
अब उहाँलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने चर्चा भैरहेको भए पनि मन्त्री पण्डितले भने आफूले अब कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लागि नसकेको बताए ।
वातावरण मन्त्रालयलाई वनसँग गाभिएर वन तथा वातावरण मन्त्रालय बनाइएको छ । जुन माओवादी केन्द्रको भागमा परेको छ । जनसंख्या मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयसँग गाभेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ । यो एमालेको भागमा परेको छ ।
विगतमा सामान्य प्रशासन मन्त्री हुँदा पनि निकै चर्चा कमाएका पण्डितले अहिले पनि त्यही ढाँचामा कामलाई निरन्तरता दिएका छन् । वातावरणीय प्रभाव मूल्याङकन नगरी सञ्चालित तारे होटल र रिसोर्टमाथि कारबाही थालेपछि मन्त्री पण्डितको सबैले प्रशंसा गरेका छन् ।
उनले सोमबार पनि नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्