काठबाट विश्वकै अग्लो भवन बनाउँदै जापान !

काठमाडौं / विश्वको अग्लो काठको भवन जापानमा बन्ने भएको छ । सहरलाई बनमा रुपान्तरण गरौं अभियान अन्तर्गत टोकियोमा बन्न लागेको विश्वको सबैभन्दा अग्लो भवनको उचाई ११४८ फिट अग्लो हुने छ । यो निर्माण कार्य सन् २०४१ सम्म पूरा हुने छ ।

३५० मिटर अग्लो यो भवन निर्माणको कार्य योजना जापानी आर्किटेक्टहरूले सार्वजनिक गरेका हुन् । यो भवनमा पसल, आवास, कार्यालय र होटल हुने र यो सन् २०४१मा पूरा हुने भएको छ । जापानको राजधानी टोकियोको केन्द्रीय भागमा यो भवन बनाइने छ । भवन निर्माणका लागि ५।९ अर्ब अमेरिकी डलरको खर्च हुनेछ । यो संरचनाले राजधानीलाई वातावरण मैत्री सहरको रुपमा विकास गर्ने लक्ष्य लिएको छ भने सहरलाई वनमा रुपान्तरण गरौं अभियानलाई सहयोग गर्ने अपेक्षा गरिएको आर्किटेक्टहरूको बुझाइ छ ।

यो भवनको डिजाइन आर्किटेक्ट कम्पनी निक्केन सिक्केइले गरेको छ । तर यो भवनको निर्माण कार्य जापानको ठूलो व्यावसायिक घराना सुमितोमो समूहको वनसम्बन्धी एकाइले गर्नेछ । हाल यसलाई डब्लु ३५० प्रोजेक्टले चिनिएको छ । यसले भवनको उचाई बताउने बताइएको छ । यो सर्वा्धिक अग्लो काठे भवन निर्माणमा कुन काठको प्रयोग गरिनेछ त्यसबारे तत्काल खुलाईएको छैन् ।

यो भवनको भुईँ तला माथि ७० तला हुनेछन् । यो भवनको निर्माण काठ र स्टिलको संयोजनबाट सम्पन्न हुनेछ । यो भवन निर्माणका लागि ६५ लाख घन फिट भन्दा बढी काठ खर्च हुनेछ । निक्केन सिक्केइले यो निर्माण बलियो हावाहुरी र प्रायः जसो आउने भूईँचालोबाट सुरक्षित हुने दाबी गरेको छ । कार्यालय, होटल, पसल र आवासीय एकाईका लागि उपयुक्त हुने गरी बनाउन लागिएको यो अग्लो काठे भवनका छाना र बालकनीहरु हरिया वनस्पति र बंगैचा , जलासय र प्राकृति प्रकाशको उपलब्धताले भरिपूर्ण हुनेछन् ।

क्यानाडाको भानकउरस्थित युनिर्भसटीमा स्थापित ब्रक कमन टालउड हाउस अहिलेसम्मको सबैभन्दा ठूलो काठे भवनको रेकर्ड कायम गरेको छ । यसको उचाई १ सय ७४ फिट अथवा ५३ मिटर अग्लो रहेको छ ।


प्रतिक्रिया दिनुहोस्