विश्वकप फुटबलको थीम गीतमा नेपाली झण्डा र ढाँका टोपी पनि देखियो [भिडियोसहित]

काठमाडौं / विश्वकप फुटवल–२०१८ नजिकिंदै गरेका बेला प्रतियोगिताको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डासहित एक नेपाली डाका टोपी लगाएर कराइरहेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ ।

अहिले सामाजिक सञ्जालहरुमा ती व्यक्तिकाबारेमा चासो बढ्न थालेको छ । उक्त भिडियोका दर्शकहरुले ती व्यक्तिप्रति निकै चासो देखाएर हेरेका छन् । विश्वकप फुटवल प्रतियोगिता १४ जुन २०१८ देखि १५ जुलाईसम्म रसियामा सञ्चालन हुनेछ । रसियाले पहिलो पटक विश्वकप फुटबलको आयोजन गर्दैछ । यो विश्वकप फुटबल प्रतियोगिता पहिलो पटक पूर्वी युरोप तथा दुई वटा महादेशमा सञ्चालित हुनेछ ।

आगामी जुन १४ बाट शुरु हुने बिश्वकपको फाइनल जुलाई १५ मा हुनेछ । बिश्वकप ३२ राष्ट्रले भाग लिनेछन् ।

                                                            भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://youtu.be/WmZtW3c5mgo


प्रतिक्रिया दिनुहोस्