अब फेसबुकमै गीत सुन्न सकिने, यसरी सुन्नुस् नयाँ–नयाँ गीत

काठमाडौं / विश्वमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ ले प्रयोगकर्तालाई सकेसम्म नयाँ नयाँ सुविधा दिने प्रयास गरिरहन्छ । फेसबुकले नयाँ–नयाँ फिचर ल्याएर प्रयोगकर्तालाई थप मनोरञ्जन गराउन थालेको छ ।

धेरैजसो प्रयोगकर्ताले फेसबुकमा तस्विरसँगै स्ट्याटस, सामाचार लिंक र विभिन्न भिडियोहरु शेयर तथा पोष्ट गर्ने गर्छन् । पछिल्लो समय लाइभ भिडियो र स्टोरी जस्ता फिचरले फेसबुकलाई थप प्रयोग योग्य बनाएको छ । अब फेसबुकमा प्रयोगकर्ताले सित्तैमा विश्वका विभिन्न विद्याका संगीत सुन्न पाउने छन् । फेसबुकको यस फिचरमा विभिन्न देशका थुप्रै खाले साउण्ड इफेक्ट र संगीत सुन्न सकिन्छ ।

यसका लागि तपाई https://www.facebook.com/sound/collection/ मा जान सक्नु हुन्छ वा तपाई ‘म्युजिक’ सर्च गर्न सक्नु हुन्छ । फेसबुकको यस म्युजिक ट्रयाक सूचीमा करीब ११ सय ९८ साउण्ड ट्रयाक र १५ सय ८१ साउण्ड इफेक्ट उपलब्ध छन् । यहाँ तपाईलाई फिल्टरको सुविधा पनि पाउन सक्नुहुन्छ । यहाँ उपलब्ध संगीतमा, पाश्चात्य, क्लासिक जस्ता थुप्रै खाले संगीत छन् । यी संगीतलाई डाउनलोड गरेर तपाई आफ्नो भिडियोमा पनि मिलाउन सक्नुहुन्छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्