पत्रकार अधिकारी पुरस्कृत हुने

विराटनगर / नेपाल प्रेस युनियन, मोरङले हरेक वर्ष प्रदान गर्दै आएको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार कुमोद अधिकारीलाई प्रदान गर्ने भएको छ ।

प्रेस युनियन, मोरङको सोमबार बसेको बैठकले पत्रकारितामा सक्रिय अधिकारीलाई रु ११ हजार १११ नगदसहितको विसं २०७५ कालागि सो पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको सो युनियनका अध्यक्ष मीनकुमार नवोदितले जानकारी गराउनुभयो ।

पत्रकार महासंघ मोरङका उपाध्यक्षसमेत रहनुभएका अधिकारी रेडियो नेपालमा कार्यरत हुनुहुन्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो संघर्ष गर्नुभएका रमाप्रसाद रिजाल दम्पतीका नाममा युनियनले पुरस्कार स्थापना गरेको हो । आफ्ना बाबुआमाको नाममा हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरी छोरा सुभाष रिजालले रु दुई लाखको अयक्षकोष खडा गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्