मेस्सी अर्जेन्टिनामा खुसी,युरोपमा खेल्ने एउटा मात्र क्लब बार्सिलोना

ब्यूनस आयर्स,/ अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सीले युरोपमा आफुले प्रतिनिधित्व गर्ने एकमात्र क्लब बार्सिलोना भएको दोहोराएका छन् । बार्सिलोना जानुअघि ३० वर्षे मेस्सीले रोसारियोमा रहेको निवेल्सबाट खेलेका थिए ।

फाइल तस्बिर

अर्जेन्टिनाका लागि अर्को विश्व कपको तयारीमा जुटेका मेस्सीले घरेलु क्लब निवेल्सबाट खेल्ने मात्र सम्भावना रहेको बताएका छन् । ‘युरोपमा मैले खेल्ने एउटा मात्र क्लब बार्सिलोना नै हो । ‘एक दिन अर्जेन्टिनामा खेल्न चाहान्छु मैले त्यो सधै भन्दै आएको छु । तर, मलाई थाहा छैन त्यो होला नहोला । तर मेरो दिमागमा त्यो छ ।’मेस्सीले अर्जेन्टिनी टेलिभिजनलाई दिएको अन्तवार्तामा भने, उनले निवेल्सबाट खेल्ने सपना रहेको पनि सुनाए ।

मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनमा स्पेन नरोजेर अर्जेन्टिनाबाटै खेल्ने निर्णयबाट आफु खुसी रहेको बताएका छन् । यदि स्पेन रोज्थे भने उनी विश्व कप र युरोपियन च्याम्पियन पनि बन्न सक्थे । एक दिन साथीसँगको कुराकानीको क्रममा उनले भनेका थिए, ‘ यदि तिमिले स्पेन रोजेको भए विश्व कप विजेता बनिसक्ने थियौं,’ मेस्सीले भने, ‘तर मलाई कुनै पनि समय दिमागमा त्यो आएन । अर्जेन्टिनाका लागि जित्नु त्यो केहि फरक नै हुनेछ ।’

उनले विश्वकप जित्ने सपना देख्ने खेलाडी अर्जेन्टिनामा रहेको बताए । ‘जितका साथ विश्व कपको सुरुवात गर्नु महत्वपूर्ण हुन्छ, मेस्सीले भने, हामी सहज समूहमा छैनौं । समूह डी मा अर्जेन्टिनामा आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्