सैनिक मञ्च टुडिखेलमा ११औँ गणतन्त्र दिवस यसरी मनाइयो (फोटोफिचर)

काठमाडौँ, १५ जेठ / सैनिक मञ्च टुडिखेलमा मंगलबार विशेष कार्यक्रमको आयोजना गरी ११औँ गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवसका अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि समेत गरिएको थियो ।

गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलगायत

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष लगाएत सरकारी उच्च अधिकारीको उपस्थिती रहेको थियो । भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले शान्तिका प्रतीक एक÷एक जोडी परेवा उडाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा सलामी ग्रहण गर्नुहुँदै ।

समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गरेका थिए ।

समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गरियो । यसैगरी काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका, कीर्तिपुर नगरपालिकाले आआफ्ना स्थानीय कलासंस्कृति, वेशभूषा र पहिचान झल्कने झाँकीहरु प्रस्तुत गरेका थिए ।

गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा कवाज प्रस्तुत गर्दै सुरक्षा निकायका टोली ।

झाँकीमा पञ्चकन्या सहभागी हुनुका साथै, लाखे, लाठीनाच, अष्टमातृका नाच प्रस्तुत गरियो भने बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति नेपाल, परम्परागत बौद्धधर्म संघ, जिल्ला समन्वय समिति, राष्ट्रिय युवा परिषद्, राष्ट्रिय खेलकुद परिषद्ले पनि ब्यानरसहित सहभागिता जनाएका थिए ।

गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा कवाज प्रस्तुत गर्दै सुरक्षा निकायका टोली ।

कार्यक्रममा कृषि विभाग तथा कृषि अनुसन्धान परिषद्ले नेपालमा उत्पादन हुने कृषि सामग्रीहरु समेटिएको आकर्षक झाँकी प्रस्तुत गरेका थिए ।

गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा स्थानीय कलासंस्कृति, वेशभूषा र पहिचान झल्कने झाँकी प्रस्तुत गरिँदै ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले राष्ट्रभक्ति जगाउने राष्ट्रिय धुन प्रस्तुत गर्नुका साथै नेपालको लोकप्रिय नृत्य मारुनी र कौरा प्रस्तुत गरेका थिए । सो अवसरमा महानगरीय ट्राफिक प्रहरी, महिला प्रहरी, सेना र प्रहरीले ब्याण्ड र कवाज प्रस्तुत गरेका थिए ।

गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा पशु सेवा विभागले आकर्षक झाँकी प्रस्तुत गर्दै ।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, उद्योगी व्यवसायी, निजामती, जंगीका उच्च अधिकृतका साथै समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो ।

गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्दै ।

 

गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा कवाज प्रस्तुत गर्दै सुरक्षा निकायका टोली ।
गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै

 

गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलगायत
गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा नृत्य प्रस्तुत गर्दै कलाकार ।

 

गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा मध्यपुर थिमिनगरपालिकाको तर्फबाट अष्टमातृका नाच प्रस्तुत गर्दै कलाकार ।

तस्बिर : रत्न श्रेष्ठ, रासस


प्रतिक्रिया दिनुहोस्