मेसीको ह्याट्रिक, अर्जेन्टिना विजयी

काठमाडौँ / विश्वकपको तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना  विजयी भएको छ । घरेलु मैदानमा बुधबार बिहान भएको खेलमा कप्तान लियोनेल मेसीले प्रभावशाली खेल देखाए ।

फाइल तस्बिर

हाइटीविरुद्ध उनले खेलको १७ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा उनले २ गोल गरे । अर्जेन्टिनाका लागि मेसीले खेलको ५८ औँ र ६६ औँ मिनेटमा गोल गर्दै अग्रता ३–० मा पुर्याए । त्यसपछि म्यानेस्टर सिटीका स्ट्राइकर सर्जियो एग्युएरोले गोल गर्दै अग्रता ४–० मा पुर्याउन सफल भए । विश्वकपका लागि रसिया उड्नुअघि अर्जेन्टिनाले अब जुन ६ मा आइसल्यान्डविरुद्ध अन्तिम मैत्रीपूर्ण खेल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्